सूर्या लाइफको २२ करोड ६८ लाख बराबरको लाभांश पारित

0
Shares

सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १०.५२६ प्रतिशत लाभांश पारित गर्दै बाह्रौ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

इन्स्योरेन्सको बाह्रौं वार्षिक साधारण सभा कम्पनीको रजिष्टर्ड कार्यालय विराटनगर मोरङ्गमा सम्पन्न भएको हो ।

सभाबाट शेयधनीहरुलाई चुक्ता पूँजीको ५ प्रतिशतले हुने रकम १० करोड ७७ लाख ५६ हजार ९०० रुपैयाँ बराबरको बोनस शेयर पारित गरेको हो ।

साथै कम्पनीले बोनस शेयरमा लाग्ने कर सहित ५.५२६ प्रतिशतका दरले हुने रकम ११ करोड ९० लाख ९९ हजार ७११ रुपैयाँ नगद लाभाशं गरी जम्मा १०.५२६ प्रतिशत बराबरको रकम गरी कुल २२ करोड ६८ लाख ५६ हजार ६११ रुपैयाँ लाभाँश पारित भएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ५ माघ २०७७, सोमबार  १६ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।