सिर्जना फाइनान्सको नाफा १५ करोड ७३ लाख, जगेडाकोषमा उच्च बढोत्तरी

0
Shares

सिर्जना फाइनान्सले गत आर्थिक बर्षमा १५ करोड ७३ लाख खुद मुनाफा आर्जन गरेको छ। जुन अघिल्लो आर्थिक बर्ष भन्दा २९.८७ प्रतिशत धेरै हो । अघिल्लो वर्ष फाइनान्सले १२ करोड ११ लाख कमाएको थियो ।

४६ करोड ८ लाख १५ हजार चुक्ता पुँजी रहेको फाइनान्सले जगेडा कोषमा २५ करोड ९८ लाख पुर्याएको छ । अघिल्लो आर्थिक वर्षमा जगेडा कोषमा १० करोड २८ लाख मात्र रहेको थियो ।

असार मसान्त सम्म फाइनान्सले ७ अर्ब १५ करोड निक्षे्प संकलन गरेर ४ अर्ब ८२ करोड कर्जा प्रवाह गरेको छ । जसबाट खुद ब्याज आम्दानी १५ करोड ६३ लाख गरेको छ ।

यस अवधिमा फाइनान्सको निष्कृय कर्जामा पनि उल्लेख्य सुधार गरेको छ । अघिल्लो आर्थिक वर्षमा १.३१ प्रतिशत रहेको निष्कृय कर्जा गत आर्थिक वर्षमा ०.३४ प्रतिशत कायम भएको छ । फाइनान्सको प्रति शेयर आम्दानी ३४ रुपैयाँ १४ पैसा, प्रति शेयर नेटवर्थ १५६ रुपैयाँ ३९ पैसा र मुल्य आम्दानीको अनुपात ६ रुपैयाँ छ।

फाइनान्सको सिसिडि रेसियो ६१.३० प्रतिशत रहेको छ । यस्तै आधार ब्याजदर १२.१२ प्रतिशत, कोष्को लागत ९.३७ प्रतिशत र ब्याजदर अन्तर (स्प्रेड रेट) ४.९५ प्रतिशत रहेको छ ।

कम्पनीले राष्ट्रिय स्तरको कार्यक्षेत्र विस्तारको लागि पुँजी वृद्धि गर्न लागि ६० प्रतिशत हकप्रद शेयर पनि प्रस्ताव गरेको छ । फाइनान्सले अघिल्लो आर्थिक बर्षको कमाईबाट गत बर्ष १५ प्रतिशत बोनस र ९.५ प्रतिशत नगद लाभांश घोषण गरेको थियो ।