समता लघुवित्तको वित्तीय विवरणमा देखियो आकर्षक सुधार

0
Shares

समता लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७५/०७६ को चौथो त्रैमाससम्म आइपुग्दा अधिकांश वित्तीय सूचकमा आकर्षक सुधार गरेको विवरण सार्वजनिक गरेको छ ।

समताले २ करोड ५७ लाख ९७ हजार रुपैयाँ खुद नाफा गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको भन्दा २४९.३१ बढी हो । नाफा बढ्दा संस्थाको प्रतिसेयर आम्दानी अघिल्लो वर्षकोे तुलनामा २२ रुपैयाँ ८४ पैसाले बढेर ४२ रुपैयाँ ३२ पैसा पुगेको छ ।

६ करोड ६ लाख ७२ हजार चुक्ता पूँजी रहेको संस्थाको रिजर्भ कोष २८५.८५ प्रतिशले बढेर ८ करोड ४२ लाख ५६ हजार रुपैयाँ पुगेको छ ।

कम्पनीले २०० प्रतिशत हकप्रद पनि जारी गर्ने तयारी गरिरहेको छ । हकप्रदपछि पूँजी १८ करोड २० लाख १६ हजार रुपैयाँ पुग्नेछ । समताको प्रतिसेयर नेटवर्थ २३८ रुपैयाँ ८७ पैसा रहेको छ ।