सबैको लघुवित्तको आईपीओ नतिजा नोटबजारमा, आईपीओ पर्नेलाई १५ प्रतिशत लाभांश

0
Shares

सबैको लघुबित्त वित्तीय संस्थाले निष्कासन गरेको आईपीओ शुक्रबार बाँडफाँड भएको छ । कम्पनीको आईपीओ ४९ हजार ५२५ जना आवेदकले १० कित्ताको दरले पाएका छन् ।

संस्थाले साउन एक गतेदेखि ५ लाख ३० हजार कित्ता आईपीओ निश्कासन गरेको थियो । बक्री प्रबन्धक एनआइबिएलएस क्यापिटलका अनुसार कुल निश्कासित शेयरमध्ये ८ हजार २५० कित्ता लघुवित्तका कर्मचारीका लागि, २६ हजार ५०० कित्ता म्युचुअल फण्डहरुका लागि छुट्याएर बाँकी रहेको ४ लाख ९५ हजार २५० कित्ता सर्वसाधारणलाई वितरण गरिएको हो ।

आईपीओ नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्

कुल ३ लाख २ हजार १९२ वटा आवेदन परेकोमा ४५४ आवेदक रद्ध भएका थिए । कुल सदर तीन लाख एक ७३८ जना आवेदकमध्ये २ लाख ५२ हजार २१३ लाई शेयर परेन ।

लघुवित्तको आईपीओ पाउने भाग्यमानी लगानकर्ताले यसै वर्ष १५ प्रतिशत लाभांश समेत पाउने भएका छन् । आईपीओ बाँडफाँड कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत केशवकुमार पौडेलले यस्तो घोषणा गरेका हुन् ।

आर्थिक वर्ष २०७५/७६ मा कम्पनीले ५ करोडको हाराहारीमा खूद नाफा आर्जन गर्ने र लगानीकर्तालाई १५ प्रतिशतसम्म नगद लाभांश वितरण गर्ने पौडेलले जानकारी दिए ।

तनहुँको बन्दीपुरमा केन्द्रीय कार्यालय रहेको संस्थाले कारोबारको तेस्रो वर्षमा प्रवेश गरेको छ भने ३१ वटा शाखाहरूबाट कारोबार गरिरहेको छ । आईपीओ बिक्रीपछि कम्पनीको चुक्ता पूँजी १६ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।