सामसङ नेपालले नेपाल प्रिमियर लिग (एनपीएल) सिजनलाई लक्षित गर्दै आफ्ना विभिन्न श्रेणीका टेलिभिजनहरूमा आकर्षक छुट तथा साटासाट बोनससमेत समेटिएको विशेष योजना सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत प्रिमियम क्यू–एल–इ–डी टेलिभिजनदेखि एच–डी टेलिभिजनसम्मका मोडेलहरूमा अधिकतम ३३ प्रतिशतसम्म क्यासब्याक सुविधा तथा अधिकतम ७ हजार रुपैयाँ सम्म साटासाट बोनस उपलब्ध गराइनेछ। उक्त अफरले ग्राहकहरूलाई आफ्नो घरको मनोरञ्जन स्तरलाई अझ उन्नत एवं आधुनिक बनाउन उत्कृष्ट अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ।
यो योजना मङ्सिर ५ गतेदेखि पुस १६ गते सम्म सम्पूर्ण देशभर रहेका सामसङका अधिकृत विक्रेता स्टोरहरूमा लागू हुनेछ। ग्राहकहरूले नजिकैको सामसङ अधिकृत स्टोरमा गई यो अफरसम्बन्धी थप जानकारी प्राप्त गर्न सक्नेछन्।
८५ इन्चसम्मको ठूलो स्क्रिन, अत्याधुनिक तस्वीर गुणस्तर, र उन्नत स्मार्ट सुविधाहरूले सम्पन्न सामसङ टेलिभिजनहरूले प्रत्येक खेललाई अत्यन्तै स्पष्ट, जीवन्त र रोचक बनाइदिन्छन्। घरमै बसेर ‘स्टेडियम–जस्तै’ प्रत्यक्ष अनुभव दिलाउने उद्देश्यले तयार गरिएका यी टेलिभिजनहरूले खेल प्रेमी तथा पारिवारिक मनोरञ्जन चाहाने सबैका लागि उत्कृष्ट विकल्प प्रस्तुत गर्ने कम्पनीको दाबी छ।












प्रतिक्रिया