नेपाल इन्स्योरेन्सद्धारा आयोजित फुटसल प्रतियोगिता शुक्रबारदेखि शुरु हुने


काठमाडौँ । नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेडद्धारा मसिंर १९ र २० गते सामाखुसी फुटसलमा आयोजना हुने फुटसल प्रतियोगिता यही मसिंर १९ गते शुक्रवार विहान ७ः३० वजे उदघाटन गरि विहान ८ः०० वजे देखि खेल शुरु हुने भएको छ । सो प्रतियोगितामा सहभागि समुहरुको विभाजन र खेल तालिका समेत प्रकाशित गरेको छ ।

उक्त प्रतिगितामा नेपाल बीमा प्राधिकरण लगायत सम्पुर्ण, जीवन, निर्जिवन लघु तथा पुनर्बीमा कम्पनीहरु र सर्भेयरहरु समेतको सहभागिता रहेको छ । उक्त प्रतियोगिताको नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको आधिकारिक फेसबुक पेजबाट लाईभ प्रसारण समेत गर्ने व्यवस्था मिलाईएको छ ।

 

प्रकाशित मिति: १७ मंसिर २०८२, बुधबार  १६ : २७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।