नेपाल उद्योग परिसंघ र सामाजिक सुरक्षा कोष बीच श्रमिकको सुरक्षा सुदृढ गर्न हस्ताक्षर


काठमाडौँ । नेपाल उद्योग परिसंघ (सिएनआई) र सामाजिक सुरक्षा कोष (एसएसएफ) ले उद्योग क्षेत्रमा सामाजिक सुरक्षाबारे जागरण बढाउन र श्रमिकलाई योजनामा आवद्ध गराउन प्रोत्साहन गर्न समझदारी गरेको हो । सोमबार परिसंघ सचिवालयमा परिसंघ र सामाजिक सुरक्षा कोषले संयुक्त रूपमा आयोजना गरेको सामाजिक सुरक्षाबारे अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रमा उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

यस सहकार्य अन्तर्गत नेपाल उद्योग परिसंघले आफ्ना सदस्य उद्योगहरूलाई सामाजिक सुरक्षा योजनामा जोड्न सहयोग गर्न, देशभर सचेतना कार्यक्रम सञ्चालनमा गर्न, आवश्यक जानकारी उपलब्ध गराउन तथा श्रमीकका दीर्घकालीन हित सुनिश्चित गर्ने उद्देश्य रहेको छ ।

समझदारी पत्रमा परिसंघका तर्फबाट महानिर्देशक डा.घनश्याम ओझा तथा एसएसएफका तर्फबाट कार्यकारी निर्देशक कविराज अधिकारीले हस्ताक्षर गरे ।
कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले यो सहकार्य श्रमिक र उद्योग दुवैका लागि अत्यन्त महत्त्वपूर्ण भएको बताए। उनले उद्योगीहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै, यो साझेदारीले सामाजिक सुरक्षा प्रणालीलाई अझ व्यवहारिक र पहुँचयोग्य बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरे।

प्रकाशित मिति: २३ मंसिर २०८२, मंगलबार  १७ : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।