
नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेड (NAGRO) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ करोड ४३ लाख ३३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको यसै अवधिमा ६४ लाख १५ हजार खुद नाफा कमाएको यस लघुवित्तले एक वर्षमा ७९ लाख १८ हजार रुपैयाँ अर्थात १२३.४३ प्रतिशतले वृद्धि गरेको हो ।
सम्भावित कर्जा नोक्सानीमा ६ करोड ८९ लाख व्यवस्था गर्दा लघुवित्तले करिब ५ करोड नोक्सानी ब्यहोरपनि ७ करोड बढी खराब कर्जा असुली गरेपछि लघुवित्त साढे १ करोड नाफामा पुगेको हो ।
आइतबार सार्वजनिक अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तले पुससम्ममा २८ करोड ६७ लाख ३९ हजार रुपैयाँ निक्षेप संकलन तथा बैंक तथा वित्तीय संस्थाबाट ७५ करोड ९ लाख ७९ हजार रुपैयाँ सापटीबाट कुल ८८ करोड ३९ लाख ३२ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।
चुक्ता पूँजी ५ करोड ७२ हजार ४४ हजार रुपैयाँ रहेको यस लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी ५०.०८ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १६६.०६ रुपैयाँ, मूल्य आम्दानी अनुपात १४.३८ गुणा छ । समीक्षा अवधिमा लघुवित्तको जगेडा कोषको आकार १ करोड ५८ लाखबाट बढेर ३ करोड ७७ लाख रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २ करोड १९ लाखबाट बढेर ३ करोड १ लाख पुगेको छ । यस्तै सञ्चालन मुनाफा पनि ६६ लाख ९३ हजारबाट ४ करोड ८० लाख रुपैयाँ सञ्चालन नोक्सानीमा पुगेको छ । खराब कर्जा अनुपात बढेसम्गै लघुवित्तले सम्भावित नोक्सानीमा ६ करोड ८९ लाख ८६ हजार व्यवस्था गरेपछि लघुवित्तको सञ्चालन नोक्सानीमा पुगेको हो । यद्यपी लघुवित्तले ७ करोड ५ लाख रुपैयाँ खराब कर्जा उठाएपछि लघुवित्त नाफामा पुगेको छ ।
दोस्रो त्रैमासको अन्त्यसम्ममा लघुवित्तको खराब कर्जा अनुपात १.३३ बाट १.९० प्रतिशतमा बढेको छ । पुस मसान्तसम्ममा लघुवित्तको कोषको लागत ५.७३ प्रतिशत छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया