प्रि ओपनिङ : बजार साढे २० अंक माथि, ४१ मध्ये २९ कम्पनीको शेयरमूल्य बढ्यो


साताको तेस्रो कारोबार दिन मंगलबार प्रि-ओपनिङ्ग सेसनमा बजार परिसुचक नेप्से २०.५५ अंकले बढेको छ । यससँगै नेप्से हालसम्मकै सर्वाधिक उचाई अर्थात २४६१.४३ अंकमा उक्लिएको छ ।

प्रि ओपनिङ्ग सेसनमा मंगलबार कुल ४१ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये २९ कम्पनीको शेयरमूल्य बढेको छ भने ६ कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ६ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ ।

यस अवधिमा ४१ कम्पनीका २० हजार ४१६ कित्ता शेयर ८७ लाख ८ हजार ५९७ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।