काठमाडौँ । नेपाल राष्ट बैंकले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकको वित्त व्यवस्थापन विभागले बिहीबार सूचना जारी गर्दै विभिन्न बैंक तथा वित्तीय संस्थामा मुद्दती लगानी गर्न प्रस्ताव आह्वान गरेको हो ।
केन्द्रीय बैंकले चार अर्ब २४ करोड ४६ लाख रुपैयाँ निक्षेपमा लगानी गर्ने छ । यो रकम वाणिज्य, विकास र वित्तीय कम्पनीमा गरिनेछ ।
वाणिज्य बैंकका लागि तीन अर्ब २९ करोड ५८ लाख, विकास बैंकका लागि ६३ करोड ६६ लाख रुपैयाँ र वित्त कम्पनीका लागि २१ करोड २२ लाख रुपैयाँ छुट्याइएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले शुक्रबारसम्म प्रस्ताव पेस गर्ने भनिएको छ ।












प्रतिक्रिया