पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता


झापा । जिल्लामा चालु आर्थिक वर्ष २०८२-८३ को मङ्सिर मसान्तसम्ममा चार सय ९६ वटा नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन् ।
घरेलु तथा साना उद्योग कार्यालय झापाका सूचना अधिकारी जानकी भट्टराईका अनुसार उक्त अवधिमा कार्यालयमा उद्ययोगतर्फ दुई सय ४३ र वाणिज्यतर्फ दुई सय ५३ फर्म दर्ता भएका हुन् । सोही अवधिमा जिल्लामा उद्योगतर्फ पाँच सय र वाणिज्यतर्फ चार सय ७९ उद्योग नवीकरण गरिएको उहाँले जानकारी दिए।
सूचना अधिकारी भट्टराईका अनुसार जिल्लामा चालु आवको पहिलो पाँच महिनामा उद्योगतर्फ एक सय आठ र वाणिज्यतर्फ ७७ उद्योग खारेज हुँदा १२ उद्योगको ठाउँसारी, २८ उद्योग नामसारी, १८ उद्योगको नाम परिवर्तन तथा ३६ उद्योगले उद्देश्य थपेका छन्  । कार्यालयमा आएर उद्योग बन्द गराउनेको सङ्ख्या कम रहे पनि नवीकरण नभएका अधिकांश उद्योग बन्द भइसकेका सूचना अधिकारी भट्टराईले बताए ।
विभिन्न कारणले उद्योग बन्द हुनेको सङ्ख्याभन्दा नयाँ थपिनेको सङ्ख्या बढ्दै गएको सूचना अधिकारी भट्टराईले उल्लेख गरे। उनका अनुसार कार्यालयले चालु आवको पाँच महिनामा विभिन्न शीर्षकमा ८८ लाख ८५ हजार ६०० रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

प्रकाशित मिति: ४ पुस २०८२, शुक्रबार  ०६ : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।