ब्रिटिस काउन्सिलद्धारा नेपालमा आइइएलटिएस उपहार २०२५ का विजेताको घोषणा


काठमाडाैँ । ब्रिटिस काउन्सिलले नेपालमा आयोजना गरेको ‘आइइएलटिएस उपहार २०२५’ को तेस्रो संस्करणका विजेताको घोषणा तथा पुरस्कार वितरण कार्यक्रम १७ डिसेम्बर २०२५ मा सम्पन्न गरेको छ । सन् २०२४ मा सफल रूपमा सम्पन्न आइइएलटिएस उपहार कार्यक्रमपछि थप परिस्कृत ढंगले विद्यार्थीलाई सम्मान गर्ने उद्देश्यसहित तेस्रो संस्करण सञ्चालन गरिएको हो ।

यस अभियानअन्तर्गत १५ अगस्टदेखि ३० नोभेम्बरसम्म पेपर वा कम्प्युटरमार्फत आइइएलटिएस परीक्षा दिनका लागि दर्ता गरी आवश्यक शुल्क बुझाएका विद्यार्थीहरू सहभागी भएका थिए । सहभागीमध्ये साप्ताहिक लक्की ड्रमार्फत ९७ जना विद्यार्थीले विभिन्न उपहार जितेका छन् । विजेताको घोषणा ब्रिटिस काउन्सिलको आधिकारिक फेसबुक पेजमार्फत गरिएको थियो ।

यस वर्ष मासिक रूपमा तीन जना विजेता र चार जना बम्पर पुरस्कार विजेता घोषित भएका छन् । मासिक विजेता बनेका प्रान्तिका अधिकारी, श्रद्धा श्रेष्ठ र कृतज्ञ श्रेष्ठले एप्पलको म्याकबुक एयर प्राप्त गरेका छन् । त्यस्तै, सुशोभन चिमोरिया, अतिथी थापा र सन्दीप जमकट्टेलले बेलायत, युरोप र अमेरिकाका लागि टर्किस एयरलाइन्सद्वारा प्रायोजित एकतर्फी हवाई टिकट जितेका छन् । अस्ट्रेलिया जाने ब्रिटिस काउन्सिलद्वारा प्रायोजित हवाई टिकट शिक्षा त्रिपाठीले प्राप्त गरेका छन् ।

कार्यक्रममा आइइएलटिएस दर्ता प्रवर्द्धनमा योगदान पुर्‍याएका १० साझेदार संस्थामध्ये उत्कृष्ट तीन संस्थालाई आइप्याड प्रदान गर्दै सम्मान गरिएको थियो । सम्मानित साझेदारमा आरटीसी इङलिस, सुमेधा एजुकेसन नेटवर्क र द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी रहेका छन् ।

पुरस्कार वितरण समारोहमा बोल्दै ब्रिटिस काउन्सिल नेपालकी निर्देशक प्रतिष्ठा थापाले आइइएलटिएस उपहार अभियानका विजेतालाई बधाइ दिँदै नेपालभर आइइएलटिएसको पहुँच विस्तार, गुणस्तरीय मूल्याङ्कन र विद्यार्थीको सुविधा अभिवृद्धिमा साझेदारसँगको सहकार्य प्रेरणादायी रहेको बताइन् ।

प्रकाशित मिति: ४ पुस २०८२, शुक्रबार  १५ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।