माइडियाले सुरु गर्यो आइसीसी टि–२० विश्वकपमा नेपालको खेल हेर्न मुम्बई यात्रा जित्ने अभियान


काठमाडौँ । विश्वकै प्रमुख स्मार्ट घरेलु उपकरण ब्रान्ड माइडियाले नेपाली उपभोक्ताहरूलाई विश्वस्तरीय अनुभवसँग जोड्न एक रोमाञ्चक ग्राहक अभियान सुरु गरेको छ। ‘खरिद गर्नुहोस्, जित्नुहोस्, उड्नुहोस्’ अन्तर्गत नयाँ अभियान ल्याएको हो ।
अभियान अन्तर्गत आइसीसी टि–२० विश्वकप २०२६ अन्तर्गत नेपालको महत्वपूर्ण खेल मुम्बईको वानखेडे स्टेडियममा प्रत्यक्ष हेर्न पाउने सुनौलो अवसर हो। यो पहलले माइडियाको नवीनतम स्मार्ट उपकरणहरूसँग नेपाली क्रिकेटप्रतिको अटूट लगावलाई संयोजन गर्दै, ग्राहकहरूलाई अविस्मरणीय यात्रा र उत्साहको अनुभव दिने लक्ष्य राखेको छ।

अभियान विजेताले आफ्नो सहभागी सहित मुम्बईको ५ दिने टुर प्याकेज जित्नेछन्, जसको केन्द्रमा वानखेडे स्टेडियममा हुने आइसीसी टि–२० विश्वकपमा नेपालको खेल हेर्ने अवसर रहनेछ।
यस अभियानमा सहभागी हुन माइडियाको कुनै पनि उत्पादन खरिद गरेका ग्राहकहरूले तलको ढाँचामा एसएमएस पठाएर लकी ड्रमा सहभागी हुन सक्नेछन् ।

अभियान अवधिमा माइडियाको वाशिंग मेसिन खरिद गरेमा ग्राहकहरूलाई ३ केजी एरियल डिटर्जेन्ट निःशुल्क उपलब्ध गराइनेछ। यस अभियानमा माइडियाको विश्वस्तरीय गुणस्तरका रेफ्रिजरेटर, वाशिंग मेसिन, डिशवाशर, चेस्ट फ्रिजर, भ्याकुम क्लिनर, शोकेस, माइक्रोवेभ ओभन, चिमनी तथा अन्य घरेलु उपकरणहरू समावेश गरेको छ ।

प्रकाशित मिति: ६ पुस २०८२, आइतबार  १६ : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।