सानिमा बैंकले १ अर्ब ६२ करोड लाभांस बितरण गर्न सक्ने, खुद नाफा बढ्यो


सानिमा बैंकले गत आर्थिक वर्षको कमाईबाट आफ्ना शेयरधनीलाई १ अर्ब ६२ करोड ५६ लाख ९३ हजार रुपैंया बरारबरको लाभांस दिन सक्ने भएको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विबरण अनुसार बैंकले उल्लेखित रकम बितरणयोग्य देखाएको हो ।

बैंकले गत आर्थिक वर्षमा २ अर्ब २४ करोड ३३ लाख ८९ हजार रुपैंया खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा बैंकको खुद नाफामा दोब्बरभन्दा बढीको बढोत्तरी भएको छ ।

अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकले १ अर्ब ६९ करोड ७५ लाख रुपैंया मात्र खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा बैंकले खुद नाफा ३२ प्रतिशतले बढाएको हो । एक वर्षको अवधिमा बैंकले गरेको यो सुधारले सानिमाका लगानीकर्तालाई आशावादी बनाएको छ ।

बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा मात्र ६६ करोड ८० लाख ५६ हजार रुपैंया खुद नाफा कमाएको देखिन्छ । जबकी अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा मात्र बैंकले ४९ करोड २७ लाख २५ हजार रुपैंया खुद नाफा कमाएको थियो ।

एक वर्षको अवधिमा सानिमाको खुद व्याज आम्दानीको आकार ३ अर्ब १ करोड रुपैंयाबाट बढेर ४ अर्ब १० करोड रुपैंया पुगेको छ ।

बैंकले कमाईको आकार छलागं मारेसँगै प्रतिशेयर आम्दानीमा उल्लेख्य सुधार देखिएको छ । अघिललो आर्थिक वर्षको चौथो त्रैमासमा २१ रुपैंया २२ पैसा रहेको प्रतिशेयर आम्दानी अहिले २८ रुपैंया ४ पैसा कायम भएको छ ।

उता मूल्य आम्दानी अनुपात तल्लो विन्दुमा रहेका कारण सानिमाको शेयर आकर्षक देखिएको छ । बैंकको मूल्य आम्दानी अनुपात १२.४१ गूणाले मात्र बढी छ । १४८ रुपैंया ३ पैसा प्रतिशेयर नेटवर्थ रहेको बैंकको आरओई १८.६७ प्रतिशतबाट २३.२३ प्रतिशतमा उक्लिएको छ ।

८ अर्ब १ करोड रुपैंया चुक्ता पूँजी तथा २ अर्ब २५ करोड रुपैंयाको जगेडा कोष रहेको बैंकको कर्जा निक्षेप अनुपात ७७.९१ प्रतिशत छ । बैंकको निष्कृय कर्जा अनुपात ०.०३ प्रतिशतबाट बबढेर ०.०८ प्रतिशतमा उक्लिएको छ भने कोषको लागत ७.४२ प्रतिशतबाट ७.३९ प्रतिशतमा झरेको छ ।