बेकोको विशिष्ट ग्राहक अभियान सुरु, क्रिकेट उत्साहसँग जोडियो प्रिमियम अनुभव


काठमाडौँ। युरोपेली बजारमा नम्बर १ स्थानमा स्थापित प्रिमियम घरेलु उपकरण ब्रान्ड बेकोले नेपाली बजारमा विशिष्ट ग्राहक अभियानको सुरुवात गरेको छ। “डिजाइन्ड फर होम। क्राउन्ड विद क्रिकेट” शीर्षकको यस अभियानले बेकोका विश्वस्तरीय गुणस्तर र आकर्षक डिजाइनलाई नेपालीहरूको क्रिकेटप्रतिको गहिरो लगावसँग जोड्दै ग्राहकहरूका लागि फरक र स्मरणीय अनुभव प्रस्तुत गर्ने उद्देश्य राखेको छ।

यस अभियान अन्तर्गत बेकोका कुनै पनि उत्पादन खरिद गर्ने भाग्यशाली ग्राहकले आइसीसी टि–२० विश्वकप २०२६ अन्तर्गत नेपालको खेल मुम्बईको ऐतिहासिक वानखेडे स्टेडियममा प्रत्यक्ष हेर्न पाउने अवसरसहित पाँच दिने मुम्बई यात्राको सुनौलो मौका प्राप्त गर्नेछन्। विजेतालाई मुम्बईको ५ दिने सम्पूर्ण यात्रा प्याकेज प्रदान गरिनेछ, जसको मुख्य आकर्षण विश्वकपको रोमाञ्चक वातावरणमा नेपाली टिमको खेल प्रत्यक्ष अवलोकन गर्ने अवसर रहनेछ।

अभियानमा सहभागी हुन ग्राहकले बेकोको कुनै पनि उत्पादन खरिद गरेपछि तोकिएको ढाँचामा वारेन्टी कार्ड नम्बर, उत्पादनको नाम, ग्राहकको नाम र ठेगाना उल्लेख गरी एसएमएस ३१००३ नम्बरमा पठाउनुपर्ने व्यवस्था गरिएको छ। साथै अभियान अवधिमा बेकोका वाशिङ मेसिन खरिद गर्दा ३ केजी एरियल म्याटिक डिटर्जेन्ट निःशुल्क प्रदान गरिनेछ भने बेको एयर कन्डिसनर खरिद गर्ने ग्राहकले निःशुल्क स्थापना सेवा प्राप्त गर्नेछन्।

नेपालमा बेकोका सम्पूर्ण प्रिमियम घरेलु उपकरणहरू सिजी इलेक्ट्रोनिक्समार्फत उपलब्ध छन्। सिजी इलेक्ट्रोनिक्सले अन्तर्राष्ट्रिय स्तरको गुणस्तर, भरपर्दो सेवा तथा वारेन्टी सुरक्षाको सुनिश्चितता प्रदान गर्दै नेपाली उपभोक्तालाई विश्वस्तरीय ब्रान्डको अनुभव दिलाउँदै आएको छ। यो विशेष अभियान सीमित अवधिका लागि मात्र लागू हुनेछ र सबै नियम तथा सर्तहरू लागू हुने कम्पनीले जनाएको छ।

बेको युरोपको अग्रणी घरेलु उपकरण ब्रान्डका रूपमा उन्नत प्रविधि, ऊर्जा दक्षता र सुरुचिपूर्ण डिजाइनको संयोजनमार्फत आधुनिक घरका लागि उत्कृष्ट समाधानहरू प्रदान गर्दै आएको छ। सिजी इलेक्ट्रोनिक्स नेपालका उपभोक्ता इलेक्ट्रोनिक्स तथा घरेलु उपकरण क्षेत्रमा अग्रणी वितरकमध्ये एक हो, जसले अन्तर्राष्ट्रिय ब्रान्डहरूलाई नेपाली बजारसम्म सफलतापूर्वक पुर्‍याउँदै आएको छ।

प्रकाशित मिति: ७ पुस २०८२, सोमबार  ११ : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।