ब्ल्याकं डेकरका उपकरण खरिदमा मुम्बईमा नेपालको खेल प्रत्यक्ष हेर्ने अवसर


काठमाडौँ । विश्वप्रख्यात अमेरिकी ब्रान्ड ब्ल्याकंडेकरले आफ्ना ग्राहकहरूका लागि पावर योर होम भन्ने नाराका साथ आईसीसी टी–२० वर्ल्डकप लक्षित विशेष उपहार योजना सार्वजनिक गरेको छ।

आगामी आईसीसी टी–२० वर्ल्डकपको उत्साहलाई मध्यनजर गर्दै ल्याइएको यस योजना अन्तर्गत ग्राहकहरूले ब्ल्याकंडेकरका घरायसी उपकरणहरू खरिद गरी बम्पर उपहारमा मुम्बईको विलासी भ्रमण जित्ने अवसर पाउनेछन्।

कम्पनीका अनुसार, यस योजनाको मुख्य आकर्षण भनेको भाग्यशाली विजेताले लक्की ड्र मार्फत प्याकेज प्राप्त गर्नेछन्। यस प्याकेजमा विजेताले ५ दिने मुम्बई भ्रमण को अवसर प्राप्त गर्नेछन्। जसमा दुईतर्फी हवाई टिकट, तारे होटेलमा बसाइ र खानपिनको सुविधा, मुम्बई सिटी टुर र मुम्बईको वानखेडे स्टेडियममा हुने नेपालको खेलको टिकट समावेश गरिएको छ।

यो योजनामा सहभागी हुन ग्राहकहरूले ब्ल्याक+डेकरको उपकरण खरिद गरेपछि B&D [space] Warranty Card no. [space] Product Name [space] Customer Name [space] Address टाइप गरेर ३१००३ मा SMS पठाउनुपर्नेछ र लक्की ड्र मार्फत विजेताहरूको छनोट गरिनेछ।

यो योजना मंसिर २९ गतेदेखि देशभरिका आउटलेटहरू तथा अन्य आधिकारिक च्यानल पार्टनरहरूमा उपलब्ध हुनेछ। यो योजना सीमित अवधिका लागि मात्र मान्य हुनेछ।

नेपालमा ब्ल्याकंडेकर ब्रान्डको आधिकारिक बिक्रेता चौधरी ग्रुप अन्तर्गतको सिजी इलेक्ट्रोनिक्स रहेको छ। ४० वर्षभन्दा बढी समयदेखि नेपाली उपभोक्ता इलेक्ट्रोनिक्स बजारमा अग्रणी भूमिका निर्वाह गर्दै आएको सीजी इलेक्ट्रोनिक्सले गुणस्तरीय उत्पादन, नवप्रवर्तन र उत्कृष्ट सेवा मार्फत लाखौं नेपाली परिवारको विश्वास जितेको छ।

प्रकाशित मिति: ८ पुस २०८२, मंगलबार  १५ : १२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।