नाडाको साधारण सभा निर्धारित मितिमा नै सञ्चालन — कुनै रोकावट छैन


काठमाण्डौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आगामी पुष ९ गते हुने साधारण सभा विधान तथा कानुनी प्रावधानअनुसार निर्धारित मितिमा नै सञ्चालन हुने पुनः स्पष्ट पारेको छ।

हाल केही सञ्चार माध्यममा आएका समाचारका कारण उत्पन्न भ्रम पूर्ण रूपमा निराधार रहेको नाडाले जानकारी दियो। नाडा लोकतान्त्रिक परम्परा, पारदर्शी नेतृत्व हस्तान्तरण र संस्थागत स्थायित्वप्रति पूर्ण प्रतिबद्ध छ र सबै सदस्यहरुलाई साधारण सभामा सक्रिय सहभागिताका लागि अनुरोध गर्दछ।

सञ्चार माध्यम र सरोकारवालाहरुलाई नाडाद्वारा जारी आधिकारिक सूचनालाई नै आधार मानी समाचार प्रकाशन र व्याख्या गर्न आग्रह गरेको छ।

प्रकाशित मिति: ९ पुस २०८२, बुधबार  ११ : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।