आयोगमा बयान दिन जान्छुः पूर्वगृहमन्त्री लेखक


पाटन । पूर्वगृहमन्त्री रमेश लेखकले भाद्र २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगमा बयान दिन जाने बताएका छन् ।

सानेपास्थित पार्टी कार्यालयमा जारी नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई उनले यही पुस १४ गते सोमबार आयोगमा बयान दिन जाने बताएका हुन् ।

“आयोगले मलाई बयानका लागि पुस ११ गते शुक्रबार आउन पत्र पठाएको थियोे, मैले पुस १४ गते सोमबार आउँछु भनेर जानकारी गराएको छु”, उनले भने।

प्रकाशित मिति: १० पुस २०८२, बिहिबार  १७ : २३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।