अनुदानामा कृषि औजार वितरण


चितवन । भरतपुर महानगरपालिकाभित्र रहेका ५६ कृषक समूह र सहकारीलाई कृषि कार्यमा प्रयोग हुने औजार अनुदानमा वितरण गरिएको छ । महानगरपालिकाको ५० प्रतिशत अनुदानमा ती संस्थालाई ७७ वटा उपकरण प्रदान गरिएको हो ।

नगर प्रमुख रेनु दाहालका अनुसार कर्न सेलर २८ थान, मकै रोप्ने मेसिन १३ थान, चापकटर १३ थान, रिपर आ थान, मिनि टेलर सात थान हस्तान्तरण गरिएको छ । यस्तै थेसर दुई थान, आठर ९गहुँ, तोरीमा प्रयोग हुने० रोटाभेटर, कुटानी मिल, पावर टेलर, डिजिटल काटा हाइरो एक÷एक थान प्रदान गरिएको छ । महानगरले १२ प्रकारका उपकरणमा रु २० लाख ६६ हजार अनुदान प्रदान गरेको हो ।

प्रकाशित मिति: १५ पुस २०८२, मंगलबार  १५ : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।