शितलहर र चिसो बढेपछि इटहरीका सबै विद्यालयको पठनपाठन रोकियो


पछिल्ला केही दिनदेखि बढेको चिसो र शितलहर नरोकिएपछि सुनसरीको इटहरीका सबै विद्यालयहरुमा पटनपाठन ३ दिनका लागि स्थगन गरिएको छ । इटहरी उपमहानगरपालिकाले निजी तथा सामुदायिक विद्यालयहरुलाई मिन पचास विदामा समायोजन हुनेगरी पुस १६ देखि १८ गतेसम्म ३ दिन विद्यालय बन्द गर्न निर्देशन दिएको हो ।

उक्त अवधिमा कुनै पनि किसिमको शैक्षिक गतिविधि नगर्न पनि उपमहानगरले जिर्देशन दिएको छ ।

प्रकाशित मिति: १६ पुस २०८२, बुधबार  १५ : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।