नाडाको अध्यक्षमा उप्रेती निर्विरोध निर्वाचित


काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपाल (नाडा)को अध्यक्षमा सुरेन्द्रकुमार उप्रेती निर्विरोध निर्वाचित भएका छन् । नाडाको पुस २५ गते हुने निर्वाचनका लागि उम्मेदवारी दिने अन्तिम समयसम्म उप्रेतीको मात्रै उम्मेदवारी परेपछि उनी नाडा अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

२५ गतेका लागि तोकिएको निर्वाचन कार्यक्रमका लागि उम्मेदवारी दिने अन्तिम समय बिहीबार मध्याह्न १२ बजेसम्म तोकिएको थियो ।

यस समयभित्र उप्रेतीको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । उप्रेती नाडाको वर्तमान कार्यसमितिमा महासचिव थिए ।

प्रकाशित मिति: १७ पुस २०८२, बिहिबार  १६ : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।