राष्ट्र बैंकले एकवर्षे ऋणपत्रमार्फत २५ अर्ब तान्दै


काठमाडौँ । राष्ट्र बैंकले  बजारबाट २५ अर्ब रुपैयाँ झिक्न लागेको छ । बैंकले ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ग’ मार्फत एक वर्षका लागि उक्त रकम आज बजारबाट तान्न लागेको हो।

१० वर्षपछि राष्ट्र बैंकले गत साता सोमबार पहिलो पटक ऋणपत्र जारी गरेको थियो । त्यसपछि गत बुधबार पनि ऋणपत्रमार्फत एक वर्षका लागि २५ अर्ब रुपैयाँ झिकेको थियो । आज फेरि त्यस्तै ऋणपत्रमार्फत २५ अर्ब रुपैयाँ झिक्न लागेको हो । यस वर्ष जारी भएको यो तेस्रो राष्ट्र बैंक ऋणपत्र हो । यसको परिपक्व अवधि एक वर्ष रहेको छ ।

‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘ग’ नाम दिइएको उक्त ऋणपत्रमा पुस २० ९आज० २०८२ मध्याहृन २ बजे बोलकबोल हुने सूचनामा उल्लेख छ ।

उक्त ऋणपत्रको ब्याजदर बोलकबोलमार्फत निर्धारण हुने ६र६ महिनामा ब्याज भुक्तानी हुनेछ । एक वर्षपछि २० पुस २०८३ मा ऋणपत्रको साँवा भुक्तानी हुनेछ ।

लगानीकर्ताले न्यूनतम ५ करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी ऋणपत्रमा बोलकबोल गर्न सकिनेछ ।

यो ऋणपत्रमा राष्ट्र बैंकबाट अनुमति प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले मात्र सहभागिता जनाउन पाउनेछन्। खरिद गरिएको यो ऋणपत्रलाई बैंक तथा वित्तीय संस्थाहरूले अन्य बैंक वा राष्ट्र बैंकमा धितो राखी कर्जा लिन समेत प्रयोग गर्न सक्नेछन्।

प्रकाशित मिति: २० पुस २०८२, आइतबार  १२ : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।