नेपाल लाइफका शेयरधनीलाई हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्न आग्रह

0
Shares

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी (NLIC) ले आफ्ना शेयरधनीलाई हितग्राही (डिम्याट) खातामा बैंक खाता अद्यावधिक गर्न आग्रह गरेको छ ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्न प्रस्तावित २० प्रतिशत (कर प्रयोजन सहित) नगद लाभांश शेयरधनीकै खातामा जम्मा गर्नका लागि हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्न आग्रह गरेको हो ।

कम्पनीले शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल मार्फत क्लियरिङ्ग हाउसको आईपीएस प्रणाली मार्फत नगद लाभांश वितरण गरिने जनाएको छ ।
यस्तै विगतका वर्षहरुमा वितरण गरिएको बोनस शेयर प्रमाणपत्र तथा नगद लाभांश हालसम्म नलिएका शेयरधनीहरुले पनि कम्पनीको प्रधान कार्यालय कमलादी काठमाण्डौंमा रहेको शेयर शाखामा सम्पर्क गर्न अनुरोध गरेको छ ।

लाभांश पारित गर्न नेपाल लाइफले यहि माघ २८ गते बुधबार २० औ वार्षिक साधारण सभा आह्वान गरेको छ । सभाले ३१ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश गरी चुक्ता पूँजीको कुल ५१ लाभांश पारित गर्ने, प्रतिकित्ता शेयरको अंकित मूल्य ५० रुपैयाँ कायम गर्ने लगायतका प्रस्तावहरु पारित गर्दैछ ।

साधारण सभा र लाभांश प्रयोजनका लागि कम्पनीले माघ १४ गतेदेखि २८ गतेसम्म बुकक्लोज मिति तोकेको छ । यसअनुसार गत माघ १३ गतेसम्म नेप्सेमा शेयर कारोबार भई कायम शेयरधनीहरुले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।

सम्बन्धीत थप समाचारहरुः-

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।