एघार जीवन बीमा कम्पनीले सार्वजनिक गरे बोनसदर, कुनमा पाइन्छ धेरै ?

0
Shares

जीवन बीमा कम्पनीहरुमध्ये ११ वटा कम्पनीले बोनस दर सार्वजनिक गरेका छन् । सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीमध्ये ११ वटा कम्पनीहरुले आर्थिक वर्ष २०७५/०७६ का बीमितलाई दिने बोनस दर सार्वजनिक गरेका हुन् । बीमा समितिको स्वीकृतिसँगै ११ कम्पनीहरुले नयाँ बोनस दर सार्वजनिक गरेका हुन् ।

कम्पनीहरूले आर्थिक वर्ष २०७५/७६ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको बीमांकीय मूल्याङ्कन गरी बीमितहरुलाई प्रदान गरिने बोनस दर सार्वजनिक गरेका हुन् ।

बीमा समितिका अनुसार नयाँ ५ वटा जीवन बीमा कम्पनी र ६ वटा पुराना कम्पनीले बोनस दर सार्वजनिक गरेका छन् । नयाँ जीवन बीमा कम्पनी महालक्ष्मी लाइफ, रिलायन्स लाइफ, ज्योति लाइफ र प्रभु लाइफको बोनस दर पारित भएको छ । यसैगरी पुराना जीवन बीमा कम्पनी नेपाल लाइफ, एलआइसी नेपाल र नेशनल, सूर्या, प्राइम लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५÷०७६ का लागि बीमितलाई दिने बोनस दर पारित गरेका छन् ।

कम्पनीहरुले प्रत्येक आर्थिक वर्षको अन्त्यमा लेखापरीक्षण नगरिएको वित्तीय विवरण प्रकाशित गरेसँगै अनुमानित बोनसदर प्रस्ताव गर्दछन् । विवरणको लेखापरीक्षण पछि निस्किएको बोनसदर पुनः समितिमा प्रस्ताव गरिन्छ । यसरी कम्पनीहरुले पठाएको बोनसदरलाई समितिले पारित गर्ने गर्दछ । कम्पनीहरूले बोनसदर प्रति हजारका दरले वितरण गर्छन् । कम्पनीहरूको बोनसदरले कम्पनीको आर्थिक अवस्थालाई दर्शाउँछ ।

जीवन बीमा कम्पनीहरूले नाफाका आधारमा बोनसदर घोषणा गर्छन् । बोनसदर कम्पनीहरूले आर्थिक वर्ष सकिएपछि वार्षिक रूपमा घोषणा गर्छन् । कम्पनीहरूले बोनसदर प्रतिहजारका दरले वितरण गर्ने गर्दछन्  ।

  • कुनमा कति पाइन्छ ?

सिटिजन, ज्योति र महालक्ष्मीको यस्तो छ बोनसदर:-

एलआईसी, मेट लाइफ र प्रभु लाइफको बोनसदर यस्तो छ:-

प्राइम, र रिलायन्स लाइफको यस्तो छ बोनसदर:-

सूर्या र नेपाल लाइफको यस्तो छ बोनसदर:-

नेशनल लाइफको बोनसदर:-