कीर्तिमानी बजारमा दैनिक साढे १० अर्बको कारोबार, बैंकिङ्गले उचाल्यो

0
Shares

नेपाल स्टक एक्सचेञ्ज नेप्सेले सूचकले कीर्तिमानी उचाईमा पुग्दा दैनिक साढे १० अर्बको शेयर किनबेच हुन थालेको छ । आइतबार ४८ अंकले बढेको बजार सोमबार साढे ३७ अंकले बढेर ऐतिहासिक उचाईमा पुगेको छ ।

नेप्से सूचक हालसम्मकै उच्च २५६१.४१ विन्दुमा उक्लिदा १० अर्ब ६१ करोड बढीको शेयर किनबेच भएको छ । आइतबार पनि नेप्सेमा १० अर्ब ४४ करोड बढीको शेयर किनबेच भएको थियो ।

नेप्सेमा सोमबार ९२ हजार ७९ कारोबारबाट २ करोड ११ हजार ५५५ कित्ता शेयर किनबेच भएका छन् । कारोबार रकम तथा बजार परिसूचकका आधारमा धितोपत्रको दोस्रो बजारमा कायम भएको नयाँ कीर्तिमान हो ।

शेयर बजार परिसूचक र कारोबार रकमले पुराना रेकर्ड तोड्दै जाँदा लगानीकर्ताहरू थप उत्साहित बन्दै गएका छन् । तर अर्थतन्त्रको दिशा विपरित शेयर बजारमा एकोहोरो आएको वृद्धि धेरै टिकाउ नहुने जानकारहरु बताउँछन् । कारोबार रकममा आएको बढोत्तरीले बजारलाई टेवा दिएको छ । बैंकिङ्ग क्षेत्रतर्फ लगानीकर्ता लागेकाले पनि बजार सुधारको क्रम जारी रहने आँकलन गरिएपनि बजारमा जोखिम भने बढ्दै गएको छ ।

यस्तो अवस्थामा वित्तीय सूचकमा बलिया र शेयरमूल्य कम भएका कम्पनीको शेयरमा लगानी गर्न विज्ञहरुको सुझाव छ । धेरै शेयरमूल्य बढेका कम्पनीको शेयरमा जोखिम पनि उत्तिकै हुने भएकाले आफ्नो जोखिम क्षमता हेरेर मात्र लगानी गर्नुपर्ने उनको मत छ ।

सोमबारको बजारमा कारोबार आएका १२ समुहमा ५ समुहका उपसूचक नकारात्मक रहेका छन् । बजारमा बैंकिङ्ग, विकास बैंक , म्युचुअल फण्ड, लाइफ इन्स्योरेन्स र अन्य समुह सकारात्मक रहेका छन् ।

यसदिन ग्रामिण लघुवित्त, प्रभु बैंक तथा सनराइज बैंकको शेयरमूल्य उच्चदरले बढेको छ । सबैभन्दा धेरै प्रभु बैैंकको ५८ करोड बढीको शेयर किनबेच भयो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।