काठमाडौँ । लक्ष्मी सनराइज बैंक लिमिटेडको खुद व्याज आम्दानी १.१४ प्रतिशत बढेको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५ अर्ब २४ करोड ९० लाख रुपैयाँ खुद व्याज आम्दानी कमाएको छ । बैंकले गत आवको सोही अवधिमा ५ अर्ब १९ करोड १ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
यस्तै, चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले २७ करोड ३६ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १६ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
यता, बैंकको खुद फि तथा कमिशन आम्दानी १८.१५ प्रतिशतले बढेर १ अर्ब १८ करोड ३ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ९.४४ प्रतिशत बढेर ७ अर्ब ३४ करोड ३९ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज १ अर्ब ७९ करोड ३० लाख रुपैयाँबाट घटेर ४ अर्ब ४७ करोड ३० लाख रुपैयाँ पुगेको छ। जसका कारण बैंकको खुद नाफा प्रभावित बनेको हो ।
यता, समिक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा १५ करोड ९८ लाख रुपैयाँ ऋणात्मक भएको छ। पुस मसान्तसम्ममा बैंकले ३ खर्ब ८४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ८७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।
समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी २ रुपैयाँ ४ पैसा ऋणात्मक रहेको छ। पुस मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १६६ रुपैयाँ २३ पैसा रहेको छ। त्यस्तै, सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ८४ करोड २७ लाख रुपैयाँ ऋणात्मक रहेको छ।
चुक्ता पूँजी २६ अर्ब ७८ करोड ११ लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा १७ अर्ब ७३ करोड ८२ लाख रुपैयाँ सञ्चित छ।












प्रतिक्रिया