ग्लोबल आइएमईको बैंकको वितरण योग्य नाफा २ अर्ब ४३ करोड, ३३ प्रतिशतले बढ्यो खुद नाफा

0
Shares

ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा ३३.०२ प्रतिशतले नाफा बढाएको वित्तिीय विवरण सार्वजनिक गरेको छ ।

बैंकले गत आर्थिक वर्षमा २ अर्ब ७९ करोड खुद नाफा गरेको छ ।  अघिल्लो आर्थिक वर्षमा बैंकले २ अर्ब १० करोड खुद नाफा कमाएको थियो ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकको वितरण योग्य नाफा २ अर्ब ४३ करोड छ । यसबाट बैंकले २३ प्रतिशतसम्म लाभांश वितरण गर्नसक्ने देखिएको छ ।

समीक्षा अवधिमा बैंकको निक्षेप एक खर्ब चार अर्ब बाट एक खर्ब २० अर्ब पुगेको छ । यस्तै कर्जा ८८ अर्ब ८७ करोडबाट एक खर्ब ८ अर्ब पुगेको छ । बैंकको निक्षेप तथा कर्जा प्रवाह दुवैमा बढोत्तरी देखिएको छ ।

जसबाट बैंकले ५ अर्ब १६ करोड खुद ब्याज आम्दानी गरेको छ । एक अर्ब ५६ करोड कर्मचारीका लागि मात्र खर्च गरेको छ । बैंकको संचालन नाफा ३ अर्ब ९१ करोड छ ।

दश अर्ब ३२ करोड चुक्ता पूँजी रहेको बैंकको जगेडाकोषमा ६ अर्ब बढी रकम रहेको छ । जसको प्रतिशेयर आम्दानी २७ रुपैयाँ ११ पैसा कायम भएको छ ।

समिक्षा अवधिमा बैंकले आफ्नो खराब कर्जा अनुपात घटाउँदै लगेको छ । बैंकको खराब कर्ना ०.७७ प्रतिशतबाट ०.५५ प्रतिशतमा झारेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ ६२ पैसा र मूल्य आम्दानी अनुपात १०.८८ गुणा छ । बैको आधार ब्याजदर ९.५४ प्रतिशत, कोषको लागत ७.१८ प्रतिशत छ ।