आरएमडीसी लघुवित्तको उत्साहप्रद प्रगति, जगेडाकोषमा जम्मा भयो एक अर्ब ६१ करोड

0
Shares

आरएमडीसी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षमा उत्साहप्रद प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

लघुवित्तले झण्डै ३० प्रतिशतले नाफा बढाउँदा प्रतिशेयर आम्दानी समेत सोही अनुपातमा बढेको छ ।

लघुवित्तले गत आर्थिक वर्षमा ३३ करोड २४ लाख खुद नाफा कमाएको छ । जुन अघिल्लो वर्षको तुलनामा २९ प्रतिशतले धेरै हो । अघिल्लो आर्थिक वर्ष लघुवित्तले २५ करोड ७५ लाख कमाएको थियो ।

कम्पनकिो चुक्ता पूँजी ७९ करोड ९३ लाख छ । जसको जगेडाकोषमा एक अर्ब ६१ करोड जम्मा भएको छ । जगेडाकोषमा २५ प्रतिशतको वृद्धि भएको हो ।

लघुवित्त कम्पनीहरुलाई थोक कर्जा प्रवाह गर्ने यस लघुवित्तले ६ अर्ब ६३ करोड रुपैयाँ ऋण लिएर ८ अर्ब २२ करोड कर्जा परिचालन गरेको छ । समीक्षा अवधिमा लघुवित्तले ४८ करोड ३१ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । यो गत वर्षको यसै अवधिको तुलनामा १९ प्रतिशत धेरै हो ।

लघुवित्तहरुमा मात्र कर्जा प्रवाह गर्ने भएकाले यस कम्पनीमा खराब कर्जा अनुपात शून्य प्रतिशत रहेको छ । लघुवित्तको प्रतिशेयर आम्दानी ४१ रुपैयाँ ५९ पैसा, प्रतिशेयर नेटवर्थ ३०२ रुपैयाँ ८ पैसा छ । लघुवित्तको मूल्य आम्दानी अनुपात १५.८९ गुणा बढी छ ।