सुनचाँदीको मूल्य आज पनि बढ्यो


काठमाडौँ । स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज प्रतितोला सुन ३ लाख ५ हजार ५०० रुपैयाँ र एक तोला चाँदीको मोल ५ हजार २४० रुपैयाँ कायम भएको छ ।

सोमबार एक तोला सुन ३ लाख ४ हजार ६०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी ५ हजार २५० मा खरिदबिक्री भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औँस सुन ५ हजार २९ र त्यति नै चाँदी ८१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २७ माघ २०८२, मंगलबार  ११ : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।