भोजपुर । सङ्घीयता कार्यान्वयनपछि जिल्लाका विभिन्न भागमा प्रदेश सरकारले १३ वटा पक्की र १७ वटा झोलुङ्गे पुल निर्माण गरेको छ ।
पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीका अनुसार पिखुवा खोलामा ७ करोड ५० लाख रुपैयाँ, आरीखोलामा ३ करोड रुपैयाँ, वेहेरे खोलामा ३ करोड ५० लाख रुपैयाँ, खाल्डे पिखुवा खोलामा २ करोड ५० लाख रुपैयाँ, राउते खोलामा ३ करोड ५० लाख रुपैयाँ, कावाखोला ७ करोड ५० लाख रुपैयाँ र श्यामखोला ३ करोड ४२ लाख रुपैयाँको लागतमा पक्की पुल निर्माण भएका हुन् ।
त्यसैगरी, बङ्खुवा खोलामा २ करोड २५ लाख रुपैयाँ, गङ्खुवा खोलामा ४ करोड ५० लाख रुपैयाँ, सिक्तेल खोलामा ४ करोड रुपैयाँ, एखुवा खोलामा ६ करोड ६० लाख रुपैयाँ, चिरखुवा खोलामा ५ करोड ६३ लाख रुपैयाँमा पक्की पुल निर्माण भएका हुन् । तामुटारमारु ६ करोड ३५ लाख रुपैयाँमा निर्माणाधीन पुल अन्तिम चरणमा छ ।












प्रतिक्रिया