भोजपुरमा निर्वाचन सुरक्षाका लागि जाँदै गरेको सेनाको बस दुर्घटना, २४ घाइते


भोजपुरमा नेपाली सेना चढेको बस दुर्घटना भएको छ । टेम्केमैयुङ गाउँपालिकामा निर्वाचन सुरक्षार्थ बेस क्याम्प स्थापना गर्न हिँडेको श्रीनाथ गणको टोली सवार ना. ४ ख ७३१७ नम्बरको बस भोजपुर नगरपालिका–३ स्थित सेतीबगरमा दुर्घटना भएको हो ।

बसमा सवार २६ जनामध्ये दुई जना सकुशल रहेका जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी राजु लामाले जानकारी दिए । अन्य २४ जना भने घाइते भएका छन् । जसमा ९ जना गम्भीर घाइते रहेका लामाले जनाए ।

घाईतेहरुको भोजपुर अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: ६ फाल्गुन २०८२, बुधबार  १७ : २३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।