नेपाल टेलिकमको आवेदन दिने म्याद ७ दिन थप


काठमाडौँ । नेपाल टेलिकमको रिक्त रहेका पदपूर्तीका लागि आवेदन दिने म्याद ७ दिन थप गरिएको छ ।

टेलिकमले आन्तरिक प्रतियोगितात्मक परीक्षा र खुल्ला तथा समावेशी तर्फका विज्ञापनहरुको आवेदन फाराम भर्ने म्याद फागुन १४ गतेसम्मका लागि थप गरेको हो ।

यसअघि कम्पनीले आवेदन दिने समय फागुन ७ गतेसम्म सिङ्गल दस्तुर र १४ गतेसम्म डबल दस्तुरका लागि तोकिएको थियो ।

प्रकाशित मिति: ७ फाल्गुन २०८२, बिहिबार  ०९ : १३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।