काठमाडौँ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रम क्षति पुगेको महराजगंजस्थित भाटभटेनी सुपर मार्केट सञ्चालनमा आएको छ। भाटभटेनीका क्षति भएका शाखाहरु मध्ये कोटेश्वर साखा यस अगाडी नै सञ्चालनमा आएको छ भने महराजगंजस्थित सखा आजदेखि पुनः सञ्चालनमा आएको हाे।
सुपर मार्केटका अध्यक्ष मीन बहादुर गुरुङले आज बिहान उक्त स्टोरको औपचारिक उद्घाटन गरेका हुन् ।
ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै र थप परिष्कृत सेवा प्रदान गर्ने उद्देश्यले महाराजगन्ज शाखा पुनः सञ्चालनमा ल्याइएको उनले बताए ।
भाट–भटेनी सुपरमार्केटले कठिन समयमा साथ, सहयोग र धैर्यताका लागि सम्पूर्ण ग्राहकवर्ग, स्थानीय समुदाय, सुरक्षा निकाय तथा सरोकारवालाहरूलाई धन्यवाद व्यक्त गर्दै भविष्यमा पनि सुपरमार्केटले गुणस्तरीय सेवा, उचित मूल्य र ग्राहक सन्तुष्टिलाई केन्द्रमा राख्दै निरन्तर सेवा प्रदान गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।
तस्बिरहरु:











प्रतिक्रिया