काठमाडौँ । जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले दुर्गा प्रसाईंलाई नै पक्राउ गरेको छ ।
प्रसाईं पछिल्लोपटक ४ फागुनमा काठमाडौंमा पक्राउ परेर १३ फागुनमा रिहा भएका थिए । उनलाई गैरकानुनी रुपमा हिरासतमा राखिएको दाबीसहित श्रीमती उमा प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको इजलासले थुनामुक्त गर्न आदेश दिएको थियो ।
प्रहरीले उनलाई आज बिहान ६ बजेआफ्नै निवासबाटै पक्राउ गरेको हो । उनलाई ‘सार्वजनिक शान्ति विरुद्धको मुद्दाको अनुसन्धानका लागि’ प्रकाउ गरिएको हो । प्रसाईंलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको छ ।












प्रतिक्रिया