काठमाडौँ । अमेरिकाले एकैदिन ९५ नेपालीलाई ‘डिपोर्ट’ गरी काठमाडौँ पठाएको छ । उनीहरु शनिबार बिहान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । एकैदिन यति ठूलो संख्यामा अमेरिकाले डिपोर्ट गरी नेपाल पठाएको यो पहिलोपटक हो ।
“अमेरिकाले डिपोर्ट गरी पठाएका ९५ जना नेपाली शनिबार बिहान ८ बजे काठमाडौं आइपुगेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका वरिष्ठ अध्यागमन अधिकृत अनुज भण्डारीले बताए ।
गएको माघ ५ गते अमेरिकाले ९१ नेपालीलाई एकैदिन डिपोर्ट गरी पठाएको थियो । अमेरिकाले यसअघि पुस ३ गते पनि ७५ नेपालीलाई एकैपटक डिपोर्ट गरी नेपाल पठाएको थियो । त्यसअघि, भदौ १९ गते अमेरिकाले एकैदिन ३७ नेपालीलाई डिपोर्ट गरेको थियो ।
अवैध तरिका र बाटोबाट अमेरिका प्रवेश गरेको, गलत मनसाय र बिनाभिसा बसेको जस्ता आरोप लगाई उनीहररुलाई डिपोर्ट गरिएको हो ।












प्रतिक्रिया