अमेरिका र इरानको युद्धले आइतबार ५६ सयले बढ्यो सुनको भाउ, चाँदी २४५ रुपैयाँले महँगियो


काठमाडौँ । अमेरिका र इरानको युद्धले साताको पहिलो कारोबार आइतबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ५ हजार ६०० रूपैयाँले बढेको छ । इजरायल र संयुक्त राज्य अमेरिकाले शनिबार इरानका विभिन्न शहरहरूमा संयुक्त रुपमा ठूलो स्तरको सैन्य आक्रमण सुरु गरेका थियो। जसको प्रत्यक्ष असर सुनको बजारमा परेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला ३ लाख २० हजार ५०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला ३ लाख १४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार चाँदीको मूल्य तोलामा २४५ रुपैयाँले महँगिएको छ । आज चाँदी प्रतितोला ५ हजार ९८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला ५ हजार ७४० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ५ हजार २७८.१ अमेरिकी डलर र चाँदी ९३.७२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १७ फाल्गुन २०८२, आइतबार  १० : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।