पूर्वअर्थमन्त्रीको निधनले अर्धवार्षिक बजेट समीक्षा स्थगित

0
Shares

सरकारले आइतबार तय चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा कार्यक्रम स्थगित भएको छ। पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको शनिवार राति ९ः३५ मा निधन भएपश्चात आइतबार तय भएको चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा कार्यक्रम स्थगित भएको अर्थ मन्त्रालयले जनाएको छ ।

पूर्व अर्थमन्त्री तथा उपप्रधानमन्त्री समेत भैसकेका भरतमोहन अधिकारीको ८२ वर्षको शनिवार राति निधन भएको हो।

अधिकारी फोक्सो र मुटुमा समस्या उत्पन्न भएपश्चात तीन सातादेखि धूम्रबाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत रहेका थिए ।

मनमोहन अधिकारीको नेतृत्वको सरकारमा अर्थमन्त्री रहँदा उनले ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता र आफ्नो गाउँ आफैं बनाऔँ जस्ता लोकप्रिय कार्यक्रम ल्याएका थिए ।