सुनको मूल्य तोलामा २५ सयले बढ्यो, चाँदीको भाउ घट्यो


काठमाडौँ । मंगलबार स्थानीय बजारमा सुनको मूल्य तोलामा २ हजार ५०० रूपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला ३ लाख २८ हजार ६०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन सोमबार सुन प्रतितोला ३ लाख २६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार चाँदीको मूल्य तोलामा २०५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ५ हजार ८१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला ६ हजार २० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ५ हजार ३६५.५ अमेरिकी डलर र चाँदी ८९.६९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १९ फाल्गुन २०८२, मंगलबार  १० : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।