काठमाडौँ । नेपालमा विदेशी पर्यटक आगमन ८.८ प्रतिशतले बढेको छ । पर्यटन बोर्डले दिएको तथ्यांक अनुसार सन् २०२५ को फेब्रुअरीको तुलनामा सन् २०२६ को फेब्रुअरीमा सो संख्यामा पर्यटकको आगमन बढेको हो ।
सन् २०२५ को फेब्रुअरीमा कूल ९६ हजार ८८० जना विदेशी पर्यटक आएकोमा सन् २०२६ को सोही अवधिमा एक लाख ५ हजार ४४१ जना पर्यटक आएका हुन् ।
बोर्डका अनुसार सन् २०२४ को फेब्रुअरीमा ९७ हजार ४०० जना, सन् २०२३ को सोही अवधीमा ७३ हजार २५५ जना र सन् २०२२ को सो अवधीमा १९ हजार ७६६ जना पर्यटक नेपाल आएका थिए ।
बोर्डका अनुसार फेब्रुअरीमा नेपाल भित्रने पर्यटकमा सबैभन्दा धेरै भारतीय छन् । सो अवधिमा भारतीय पर्यटक २२ हजार ७४५ र चीनबाट १० हजार ८१६ जना पर्यटनक नेपाल आएका छन् ।

त्यसैगरी, अमेरिकी पर्यटक ९ हजार ७१० जना, श्रीलङ्काबाट ७ हजार ७१५ जना, म्यानमारबाट ६ हजार ३५ जना, युकेबाट ५ हजार ६१८ जना, अष्टेलियाबाट ४ हजार १२६ जना, थाइल्याण्डबाट ३ हजार ६३८ जना, बंगलादेशबाट ३ हजार २१२ जना र जर्मनबाट २ हजार ८५० पर्यटक नेपाल आएका छन् ।












प्रतिक्रिया