काठमाडौँ । बुधबार स्थानीय बजारमा सुनको भाउ घटेको छ । मध्यपूर्वको युद्धको प्रभावका कारण निरन्तर बढेको सुनको भाउ आज एकैदिन सुनको भाउ ११ हजार रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला ३ लाख १७ हजार ६०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन मंगलबार सुन प्रतितोला ३ लाख २८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, बुधबार चाँदीको मूल्य तोलामा २७५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ५ हजार ५४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला ५ हजार ८१५ रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ५ हजार १५६.८२ अमेरिकी डलर र चाँदी ८४.६६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।












प्रतिक्रिया