काठमाडौँ । बिहीबार हुने प्रतिनिधि सभा निर्वाचनको लागि काठमाडौँ छाड्नेहरुको संख्या बढ्दै गएको छ । देशबाट बाहिरिने यात्रुको संख्या बढ्दै गएको भएतापनि उपत्यकामा पनि चहलपहल कायमै छ ।
चोक गल्लीहरुमा मानिसहरुको आवतजावत सामान्य नै रहेको छ ।
सरकारले निर्वाचनका लागि बुधबार बिहीबार र शुक्रबार तीन दिन सार्वजनिक बिदा दिएको छ । बिहीबार प्रतिनिधि सभामा २७५ सदस्य चयनका लागि मतदान हुँदैछ । १० हजार ९६७ स्थानमा २३ हजार ११२ मतदान केन्द्र तोकिएका छन् । तस्बिरहरु : अर्जुन पौडेल, नोटबजार






















प्रतिक्रिया