नेपाल एयरलाइन्सको दमाम र दोहा उडान रद्द


काठमाडौं । खाडीमा युद्ध चर्किएसँगै नेपाल एयरलाइन्सले साउदीको दमाम र कतारको दोहामा निर्धारित उडान रद्द गरेको छ ।

नेपाल एयरलाइन्सले बुधबार एक सूचना प्रकाशित गरी दुई गन्तव्यमा निर्धारित उडानहरू रद्द गरेको जनाएको हो ।

दुबई, दोहा र दमाममा हुने आगामी दिनको उडान सम्बन्धमा नेपाल एयरलाइन्सको सूचना वा तोकिएको नम्बरमा सम्पर्क गरेर मात्र विमानस्थल आउन समेत कम्पनीले सचेत गराएको छ ।

साथै वेबसाइटबाट समेत सूचना जारी हुने निगमले जनाएको छ ।

प्रकाशित मिति: २० फाल्गुन २०८२, बुधबार  १४ : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।