आइतबारको प्रि ओपनिङ : ५३ कम्पनीको कारोबार हुँदा ४० को शेयर मूल्य बढ्यो


शेयर बजार परिसुचक नेप्से निरन्तर उकालो लागिरहेका बेला प्रत्येक कारोबार दिनमा प्रि ओपनिङ सेसनमा धेरै कम्पनीहरुको शेयर मूल्य उकालो लागि रहेको छ ।

यस क्रममा आइतबार नेप्सेमा कुल ५५ कम्पनीको शेयर कारोबार भएकोमा ४० कम्पनीको शेयर मूल्य बढेको छ ।

७ कम्पनीको शेयर मूल्य घट्दा ६ कम्पनीको शेयर मूल्य स्थिर रहेको बजार २५.२३ अंकले बढेर २६३६.६८ अंकमा उक्लिएको छ । धेरै जसो कम्पनीहरुको शेयर मूल्य ५ प्रतिशतले बढेको बजारमा ३६ हजार १३९ कित्ता शेयरहरु १ करोड ६९ लाख हजार ९६२ रुपैंयामा किनबेच भएका छन् ।

कुन कम्पनीको शेयर मूल्य कति पुग्यो ? बिस्तृतमा हेर्नुहोस्

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।