३३ प्रतिशत मतदान सम्पन्न


काठमाडौं । बिहीबार बिहान सात बजेदेखि सुरू भएको प्रतिनिधिसभा निर्वाचनमा दिउँसोसम्ममा ३३ प्रतिशत मतदान भएको छ । पछिल्लो विवरण अनुसार ६२ लाख २० हजार ४२ मतदाताले मताधिकार प्रयोग गरेका छन् ।

प्रतिनिधिसभा निर्वाचनमा मतदानका लागि एक करोड ८९ लाख ३६ हजार ८९ मतदाता छन् । नेपाल प्रहरीको केन्द्रीय निर्वाचन परिचालन केन्द्रका अनुसार कोशी प्रदेशमा ३२ प्रतिशत मत खसेको छ ।

यस्तै, मधेसमा २८, वागमतीमा ३४, गण्डकीमा ३९ प्रतिशत मत खसेको छ । यस्तै, लुम्बिनीमा २९, कर्णालीमा ३६ र सुदुरपश्चिमा ३३ प्रतिशत मत खसेको हो । काठमाडौं उपत्यकमा ४७ प्रतिशत मत खसेको छ ।

काठमाडौं उपत्यकामा हालसम्म ५५ लाख २८ हजार ८६ मत खसेको छ । कोशीमा ११ लाख ४९ हजार ५ सय ७१ मत खसेको छ भने मधेसमा १० लाख २४ हजार ४ सय ४१ जनाले मतदान गरेका छन् ।

यस्तै, बागमतीमा ८ लाख ५३ हजार ५ सय २९ मत खसेको छ । गण्डकीमा ७ लाख २४ हजार १३० जनाले मतदान गरेका छन् ।

लुम्बिनीमा ९ लाख ७७ हजार ४ सय १९ मत खसेको छ । कर्णालीमा ३ लाख ६९ हजार ५ सय १५ जनाले मतदान गर्दा सुदुरपश्चिममा ५ लाख ६८ हजार ५ सय ५१ मत खसेको छ । १६५ निर्वाचन क्षेत्रका १० हजार ९६७ मतदान स्थलमा मतदान जारी रहेको छ ।

 

प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार  १५ : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।