६ लाख घुस सहित मालपोतका दुई कर्मचारी अख्तियारको नियन्त्रणमा

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ लाख घुस सहित मालपोतका दुई कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।

आयोगले बारा स्थित मालपोत कार्यालयका कार्यालय प्रमुख नायब सुब्बा मनोज कुमार खनाल र लेखापढी व्यवसायी बद्री प्रसाद बडाललाई उक्त रकमसहित नियन्त्रणमा लिएको हो ।

उनीहरुले ‘सेवाग्राहीले खरिद गर्न लागेको जग्गा श्रम विभागबाट रोक्का छ’ भनी सर्जमिन मुचुल्का गरी सिफारिस पठाई फुकुवा गर्ने प्रक्रिया मिलाई फास्ट ट्रयाकबाट पास गराईदिने सर्तमा घुस रकम माग गरेका थिए ।

उक्त सूचनाका आधारमा आयोगको टंगालबाट खटिई गएको टोलीले घुस लिइसकेको अवस्थामा जर्गा होटलबाट नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ९ फाल्गुन २०७७, आइतबार  १२ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।