झापा ५ मा बालेन्द्रको अग्रता


काठमाडौँ । झापा क्षेत्र नम्बर ५ को प्रारम्भिक गणनाको नतिजा सार्वजनिक भएको छ ।

जसमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले ८१४ मत प्राप्त गर्दै अग्रता लिएका छन् । कूल एक हजार ४०० मत गणना हुँदा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ३८४ मत ल्याएका छन् ।

पाँच निर्वाचन क्षेत्र रहेको झापा यसपटकको निर्वाचनको इपिसेन्टर रहेको छ ।

प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार  ०६ : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।