विजय लघुवित्तको प्रतिशेयर आम्दानी डेढ सय प्रतिशतले बढयो, स्वेडालाई प्राप्ति गर्दै

0
Shares

विजय लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमासम्ममा ६ करोड २३ लाख रुपैयाँ खदु नाफा कमाएको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा लघुवित्तको खुद नाफा १४९.८७ प्रतिशतले बढेको हो ।

आघिल्लो आर्थिक वर्षमा लघुवित्तले २ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी सँगै अन्य सञ्चालन आम्दानीमा वृद्धि हुदा लघुवित्तको नाफा बढेको हो ।

लघुवित्तको नाफा उच्चदरले बढ्दा प्रतिशेयर आम्दानी पनि सोही अनुपातमा बढेको छ । लघुवित्तको प्रतिशेयर आम्दानी १४९.८७ प्रतिशतले बढेर ३२ रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा उसको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ८० पैसा थियो ।

लघुवित्तले चुक्ता पूँजी १९ करोड ४८ लाख रुपैयाँ छ । लघुवित्तको जगेडा कोषमा ८ करोड ५४ लाख रुपैयाँ सञ्चित छ । चुक्ता पूँजी स्थिर रहदा प्रतिशेयर आम्दानीमा बढोत्तरी आएको हो ।

असार मसान्तसम्म ५९ करोड ३३ लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले २ अर्ब २१ करोड अन्य बैंक तथा वित्तीय संस्थाबाट ऋण गरेर दुई अर्ब ९३ करोड १५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । समीक्षा अवधिमा लघुवित्तले १६ करोड ४० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो अघिल्लो बर्षको भन्दा ६४ प्रतिशत बढी हो ।

लघुवित्तमा निष्कृय कर्जा अनुपात १.७५ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ३१ रुपैयाँ ९९ पैसा छ भने प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ ८७ पैसा छ । मूल्य आम्दानी अनुपात १५.१६ गुणा बढी छ ।

विजय लघुवित्तले स्वेडा लघुवित्तलाई प्राप्ति गर्ने भएको छ । हाल १९ करोड ४८ लाख चुक्ता पूँजी रहेको विजय लघुवित्तको स्वेडा प्राप्तिपछि करिब २१ करोड चुक्ता पूँजी हुने भएको छ। स्वेडाको हाल चुक्ता पूँजी १ करोड ३८ लाख रुपैयाँ रहेको छ। स्वाप रेसियो भने तय हुन बाँकी रहेको बताइएको छ।