जनकपुरधम । धनुषा-१ मा उत्पन्न विवादका कारण मतगणनामा रोक लगाइएको छ । रास्वपामा खसेको मतबारे विवाद हुँदा मतगणनामा रोक लगाइएको हो ।
धनुषा-१ मा रास्वपा उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी गत फागुन १८ गते आयोगले खारेज गरेको थियो । विरुद्धमा साहले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
यद्यपि साहको उम्मेदवारी खारेजी भएको कारण घन्टी चिह्नमा परेको मतलाई सदर वा बदर के मानेर गणना गर्ने भन्ने विषयमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोगसँग सुझाव माग गरिएको छ ।
निर्वाचन क्षेत्र नम्बर १ का मुख्य निर्वाचन अधिकृत मनोज बरालका अनुसार शुक्रबार राति नै आयोगलाई पत्र लेखेर सो मतको बारेमा निर्देशन माग गरिएको बताइएको छ ।












प्रतिक्रिया