कैलाली –१ मा कांग्रेस अघि


सुदूरपश्चिम । कैलाली क्षेत्र–१ मा नेपाली कांग्रेसका उम्मेदवार जनकराज चौधरीले अग्रता लिएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार चौधरीले ३४८ मत पाएका छन् । उनलाई नागरिक उन्मुक्ति पार्टी नेपालका रेशमलाल चौधरीले समर्थन गरेका स्वतन्त्र उम्मेदवार फागुराम चौधरीले २४१ मत प्राप्त गरी पछ्याइरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका कोमल ज्ञवालीले १९९ मत पाएका छन् ।

एक लाख आठ हजार ९१ मतदाता रहेको यो क्षेत्रमा ५९हजार ६१ मत खसेको थियो ।

प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार  ०९ : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।