काठमाडौं–१ बाट रास्वपाकी उम्मेद्वार रन्जु न्यौपाने निर्वाचित


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलो जित निकालेको छ । काठमाडौं–१ मा रास्वपाकी उमेदवार रन्जु न्यौपाने निर्वाचित भएकी छन् । उनले १५ हजार ४५५ मत ल्याएकी हुन् ।

उनका प्रतिस्पर्धी कांग्रेसका प्रबल थापाले ६ हजार ३६४ मत पाएका छन् । राप्रपाका रवीन्द्र मिश्रले तीन हजार ९७२ मत प्राप्त गरे ।

प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार  १० : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।